मनोरञ्जन ताजा समाचार

मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट सम्मानित

madan krishna shrestha

२६ असार, काठमाडौं । हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले श्रेष्ठलाई उक्त सम्मान प्रदान गरेको हो । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा  अभिनेता श्रेष्ठलाई नगद १ लाख सहितको सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेका थिए ।

कार्यक्रममा स्वास्थ्यका कारण श्रेष्ठ उपस्थित हुन नसकेपछि उनका पुत्र यमन श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । कोभिड–१९ लाई जितेर घरैमा स्वास्थ्यलाभ गरिरहेका श्रेष्ठको स्वास्थ्य अहिले ठिक रहेको बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस