बागमती प्रदेश

प्रदेशसभाको गतिरोध अन्त्य गर्न मुख्यमन्त्री पौडेलको प्रतिपक्षसँग वार्ता

dormani poudel

२६ असार, मकवानपुर । वाग्मती प्रदेश सरकारले बजेट पास गर्नका लागि दलीय सहमति जुटाउन प्रयास थालेको छ । सहमतिका लागि मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रतिपक्षी दलका नेतासँग वार्ता गरेका हुन् ।

उनले प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जम्कट्टेल तथा प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बनियाँसँग आज छलफल एवं वार्ता गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । सभामुख सानुकुमार श्रेष्ठ र नेकपा (एमाले) का संसदीय दलका मुख्य सचेतक दीपक निरौलाको समेत सहभागिता रहेको छलफल सकारात्मक रहेको जनाइएको छ ।

छलफलले प्रदेशसभाको गतिरोध अन्य गरेको र आइतबार हुने प्रदेशसभाको बैठक विना अवरोध सञ्चालन हुने मुख्य सचेतक निरौलाले जिकिर गरे । बजेटमाथिको छलफल आइतबार नै सकेर अबेरसम्म भए पनि बजेट पास गरेर अगाडि बढ्ने सहमति भएको उनले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *