समाचार

मोरङमा आफ्नै दाइको हत्या गरेको आरोपमा युवक पक्राउ

arrest

२६ असार, मोरङ । आफ्नै दाइको हत्या गरेको आरोपमा प्रहरीले विराटनगरमा एक युवकलाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका ५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनकै भाइ ३१ वर्षीय साजन सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भोलाको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साजनमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *