मुख्य समाचार

पछिल्लो २४ घण्टामा थपिए २ हजार १६९ संक्रमित, २२ को मृत्यु

covid19 Death body

२६ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त  भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ ।

यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् । योसँगै, हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *