मनोरञ्जन ताजा समाचार

एमाले छोडेर ७० जना कलाकर्मीले गरे काँग्रेस प्रवेश

congress prabesh

२६ असार, काठमाडौं । नेपाली काँग्रेसमा ७० जना कलाकर्मी प्रवेश गरेका छन् । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अधिकांश कलाकर्मीहरु नेकपा एमाले परित्याग गरी काँग्रेस प्रवेश गरेका हुन् ।

एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्नेहरुमा गायक मोहन राई, मेनुका भुजेल, गंगाराज राई, प्रेमबहादुर लिम्बु, मित्रकुमार राई, चन्द्र कुमारी राई, कमल कुमार राई, दिपेश कुमार बान्तावा र दिपेनकुमार बान्तावा रहेका छन् ।

यसैगरी आङ्गारिक शेर्पा, उद्देश्य राई, अजय राई, श्रीकृष्ण खड्का, विजय कुँवर, प्रदीप राई, सगुन मगर, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, विरुबहादुर विश्वकर्मा, अस्मिता मगर, प्रदीप बुढाथोकी, गणेश दशारालगायत थुप्रै कलाकरहरुले एमाले छाडेर कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसमा प्रवेश गरेका मुलासाग र जादुगर भने यसअघि कुनै पार्टीमा संलग्न रहेका छैनन् ।

उनीहरुको पार्टी प्रवेश यो पहिलो हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *