
२७ असार, काठमाडौं । गायक सुरेन गौतमले ‘सधैं सधैं’ बोलको गीतमार्फत इतिहासमा फर्किएर खड्ग शमशेर र तेजकुमारीबीचको अमर प्रेम कथालाई दर्शक र स्रोता समक्ष प्रस्तुत गरेका छन् ।
उनले यो गीतको भिडियो नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई साक्षी राखी तयार पारिएको छ । अर्थात गीतको सम्पूर्ण भिडियो रानीमहलमा छायांकन गरिएको हो ।
प्याट्रिक सिट्लिङको शब्द तथा संगीत रहेको गीतमा विशाल पौडेलको संगीत संयोजन रहेको छ । गीतको भिडियोको निर्देशन गायक गौतम स्वयंले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस