सेयर मार्केट

आरविवि म्युचुअल फण्ड १ मा लगानी गर्ने आज अन्तिम दिन

rbb mutual

२७ असार, काठमाडौं । आरविवि म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ ।

प्रति इकाई मूल्य रु. १०  दरको दश करोड इकाई मध्ये बीज पूँजी बापत १३ प्रतिशत इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा २ (दुई) प्रतिशत इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा १५ प्रतिशत इकाई सुरक्षित राखि बाँकी न्यूनतम आठ करोड पचास लाख इकार्ई असार २३ गतेदेखि सार्वजनिक निष्काशन गरिएको थियो ।

जसमा आवेदकहरुबाट माग गरेभन्दा बढी इकाई खरिदका लागि आवेदन प्राप्त हुन आएकाले आइतबार कार्यालय समयपछि आवेदन लिने कार्य बन्द गर्न लागिएको क्यापिटलले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस