समाचार

वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन

bir hospital

२७ असार, काठमाडौं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आज औपचारिक उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान भवनको उद्घाटन गरेका हुन् ।

चार वर्षमा निर्माण सम्पन्न भइ कोभिड संक्रमितको उपचार सुरु गरिएको भवनमा एउटा आईसीयू कक्षसहित कुल ५०० बेड सञ्चालनमा ल्याउने अस्पताल प्रशासनले जनाएको छ ।

दुई तला अण्डरग्राउन्डसहित नौ तले नयाँ सर्जिकल भवनमा २५ बेडको आकस्मिक कक्षलाई १०० बेड, १०० बेडको आईसीयूलाई २०० बेड र १५ बेडको डायलासिसलाई १०० बेडमा स्तरोन्नती गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *