सेयर मार्केट

मनकामना स्मार्ट लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने

ipo

२७ असार, काठमाडौं । मनकामना स्मार्ट लघुवित्त कम्पनीको आईपीओ भोलि असार २८ गते बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार असार २८ गते बुधबार विहान ९ः३० बजे कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाडँफाँड हुने भएको हो ।

लघुवित्तले गत असार १८ गते बिहीबारदेखि १ सय रुपैयाँ दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता प्राथमिक सेयर जारी गरेको थियो । जसमध्ये, ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागी खुल्ला गरेको थियो ।

उक्त आइपीओमा माग गरेभन्दा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरको २ करोड ६५ लाख ७४ हजार ५० कित्ता सेयर खरिदका लागि आवेदन परेको विक्री प्रबन्धक एनएमबीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *