सेयर मार्केट

उत्साहजनक रुपमा बढेको नेप्सेलाई टर्नओभरको साथ : सूचक २९ सय विन्दु नजिकै

share market nepal

२७ असार, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से ७४ अंकले बढेको छ । ७४.७ अंकले बढेर परिसूचक २८९९ अंकमा पुगेको छ । गत बिहीबार २३ अंकले बढेको बजारमा आइतबार ठूलो अंकको वृद्धि देखिएसँगै बजार पुनः उकालो लाग्ने संकेत देखिएको छ। यसअघि गत जेठ ३१ गते सबैभन्दा धेरै ३०२६ अंक बनाएपछि परिसूचकमा सुधार देखिएको थियो ।

आज परिसूचक मात्रै होइन कारोबार पनि झण्डै दोब्बर भएको छ । बिहीबार ४ अर्ब ८१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६ करोडको कारोबार भएको छ । यस दिन सबै समूह बढेका छन् । बैंकिङ ४४ अंक, ब्यापार ५७, होटल तथा पर्यटन ७१, विकास बैंक ३५५, जलविद्युत ७६, फाइनान्स १८१, निर्जीवन बीमा ३५५, उत्पादन ९३, जीवन बीमा ४९८, अन्य ९ र माइक्रोफाइनान्स समूह १३२ अंकले बढेका छन् ।

यस दिन २२ कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । गोर्खा फाइनान्स, श्री इन्मेष्टमेन्ट, आइसिएफसी फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । साइन रेसुङ्गा डेभलपमेन्ट, मल्टिपर्पोज फाइनान्स, समृद्धि फाइनान्स, महालक्ष्मी विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्सको मूल्य ९.९ प्रतिशतले बढेका छन् ।

ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्सको मूल्य ९.८ प्रतिशतले बढेको छ । रिलायन्स फाइनान्स, पोखरा फाइनान्स, जानाकी फाइनान्स, सप्तकोसी विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो, नेपाल हाइड्रो डेभलपर्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेका छन् । यस दिन राष्ट्रिय बीमा कम्पनीको संस्थापक समूहको सेयर मूल्य ४ प्रतिशतले घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ओरेन्टल होटल र माथिल्लो तामाकोसीको मूल्य पनि सामान्य घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस