मुख्य समाचार

भाेलिदेखि आयल निगमका गाडी चल्न नदिने संयुक्त विद्यार्थी संगठनको निर्णय

student opposition

२७ असार, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिका विरुद्धमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।

मूल्यवृद्धि फिर्ता गर्नको लागि नेपाल आयल निगमलाई दिइएकाे ७२ घण्टे अल्टिमेटमको बेवास्ता गरेकाे भन्दै संगठनले आइतबार आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेका छन् ।

आइतबार विद्यार्थी संगठनहरुले ७ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति ऐक्यबद्धता समेत जनाएको छ ।

press release

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस