मुख्य समाचार

गोरखामा तीन र स्याङ्जाका दुई जनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि

corona

२७ असार, काठमाडौं । गण्डकी प्रदेशमा कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा फेला परेको पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार जिनोम सिक्वेन्सिङका लागि गत जेठ ३१ गते काठमाडौं पठाइएका ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टी भएको हो । डेल्टा भेरियन्ट पुष्टि हुनेमा स्याङजाको कालीगण्डकी गाउँपालिकाका दुईजना पुरुष र गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका तीन महिला छन् ।

नेपालमा दोस्रो लहरको कोभिड संक्रमणमा सबैभन्दा धेरै संक्रमितमा डेल्टा भेरियन्ट देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पछिल्लो समय नेपालमा ९ जनामा डेल्टाको म्युटेन्ट भेरियन्ट एवाई.१समेत पुष्टि भइसकेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस