लुम्बिनी प्रदेश

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

accident

२७ असार, पाल्पा । पाल्पामा भएको ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

आइतबार अपरान्ह जिल्लाको तिनाउँ गाउँपालिका–२ सिस्नेमा लु २ त २५३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा सोही वडाका ३८ वर्षीय ट्रयाक्टर चालक दुर्गाबहादुर गाहको मृत्यु भएको हो ।

गाहको च्यापिएर घटना स्थल मै मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए । दुर्घटनामा सोही स्थानका सहचालक ४२ बर्षीय एकबहादुर थापा घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस