प्रदेश १

बिर्तामोडमा एक युवतीको शव फेला

sab

२८ असार, झापा । झापाको बिर्तामोडमा एक युवतीको शव फेला परेको छ । पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्पभन्दा उत्तरतर्फ बसोबास गर्दै आएकी २५ वर्षीय सृजना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ ।

आज बिहान बाटो हिँड्ने मानिसले बिर्तामोडको सुगम पेट्रोल पम्प उत्तर गणपति बेकरी नजिकै सडक किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यको बताए ।

बस्नेत बिर्तामोडस्थित एक सहकारीमा कलेक्टरको काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *