
२८ असार, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले ६०औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)का लागि अनलाइन आवेदन खुला गरेको छ ।
आउँदो साउन २८ र २९ गते हुने परीक्षाका लागि भोलि (मंगलबार)देखि साउन ८ गतेसम्म आवेदन दिन सकिनेछ । विलम्ब शुल्कसहित साउन २० गतेसम्म फारम बुझाउन सकिने काउन्सिलले जनाएको छ ।
परीक्षा भने काठमाडौं केन्द्रबाट नै हुने काउन्सिलको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस