राजनीति

सर्वोच्चद्वारा संविधान र लोकतन्त्रको रक्षा भयो : महेन्द्रराय यादव

mahendra yadav

२८ असार, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य महेन्द्रराय यादवले देशमा पुनः एकपटक लोकतन्त्रको जित भएको बताएका छन् । सर्वोच्च अदालतले आज गरेको आदेशले जनतालाई न्यायालयमाथि विश्वास बढेको बताउँदै उनले संघीयता, लोकतन्त्र, समानुपातिक समावेशीलाई रक्षाका लागि अदालतको आदेश स्वागतयोग्य रहेको बताए ।

सर्वोच्च अदालतको आदेशसँगै केपी शर्मा ओलीको निरंकुश शासनको अन्त्य भएको बताउँदै उनले गठबन्धनले समृद्ध नेपाल बनाउनेको अभिभारा पुरा गर्ने बताए ।  गठबन्धनले सहमतिअनुसार सरकार सञ्चालन गरेर देशलाई निकास दिने बताउँदै उनले ओली सरकारले गर्न नसकेको काम आगामी गठबन्धन सरकारले गर्ने बताए ।

गठबन्धन सरकारले पुनः बजेट ल्याउनुपर्ने बताउँदै उनले अब देशमा देखिएको अन्यौलता अन्त्य गर्नुपर्ने बताए । उनले जसपामा रहेका नेताहरुलाई पनि एकजुट हुन आग्रह गरे ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस