सेयर मार्केट

आजको सेयर बजार : ४५ अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

share market

२८ असार, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ४५ अंकले घटेको छ । दिनभर उतारचढावका वावजुत बजारमा ४५.१२ अंकको गिरावट आएको हो । आजको कारोबारपछि परिसूचक २८५४ अंकमा कायम भएको छ ।

हिजो ८ अर्ब ६ करोडको कारोबार भएकोमा यस दिन कारोबार रकम भने बढेको छ । ९ अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । म्युचुअल फण्डबाहेकका सबै समूह घटेका छन् । सो समूह ०.०२ अंकले बढेको छ ।

बैंकिङ २२, ब्यापार ६०, होटल तथा पर्यटन १०६, विकास बैंक ९७, जलविद्युत ६०, फाइनान्स २१, निर्जीवन बीमा २४०, उत्पादन ११८, अन्य ३१, माइक्रोफाइनान्स ७२, जीवन बीमा २५४ र लगानी समूह २ अंकले घटेको छ ।

समृद्धि फाइनान्सको मूल्य ५ प्रतिशतले बढेको छ । अन्य बढेका कम्पनीको मूल्यवृद्धि ३ प्रतिशतभन्दा मुनि रहेका छन् । युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ओरेन्टल होटलको मूल्य ५ प्रतिशतले घटेको छ ।

त्यस्तै माहुली सामुदायिक लघुवित्त, शिवश्री हाइड्रोपावर, जलविद्युत लगानी तथा विकास कम्पनी, हिमाल दोलखा हाइड्रोपावर र नेसनल हाइड्रोपावरको मूल्य ४ प्रतिशत धेरैले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस