समाचार

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, २ हजार ३७० संक्रमित थपिए

sab covid death

२८ असार, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय ८४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मुलुकभरमा ७६८९ जनाको पिसिआर परीक्षणबाट १६९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८९५ जनाको एन्टिजेन परीक्षणबाट ६८० जनामा पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११३३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै १८ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९४०० पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस