राजनीति

अदालतको फैसलालगत्तै ओली सरकारले अन्त्य गर्‍यो राष्ट्रियसभा अधिवेशन

Parliament Samsad

२८ असार, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट प्रतिनिधिसभा पुनःस्थापनाको फैसला भएलगत्तै सरकारले राष्ट्रियसभा अधिवेशन अन्त्य गरेको छ । राष्ट्रियसभाको आठौँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरिएको जनाइएको छ ।

“सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/०३/२८ को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन संवत् २०७८ साल असार २८ गते सोमबारका दिन राति १२ः०० बजेदेखि अन्त्य गर्नुभएकाले मिति २०७८ असार २८ गते सोमबार बसेको राष्ट्रियसभाको बैठकबाट मिति २०७८ असार २९ गते मंगलबार दिनको ३ः०० बजे बस्ने गरी निर्धारण भएको राष्ट्रियसभाको बैठकसमेत स्वतः अन्त्य हुने भएकाले माननीय सदस्यहरूको जानकारीका लागि राष्ट्रियसभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम यो सूचना प्रकाशन गरिएको छ,” संघीय संसद्का महासचिव भरतराज गौतमद्वारा प्रकाशित सूचनामा भनिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस