समाचार

पर्सामा २ सय ४७ केजी अवैध लागूऔषध गाँजा बरामद

gaja

२८ असार, पर्सा । पर्सामा प्रहरीले २ सय ४७ केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका-२५ आइसिपी गेट नजिक एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकबाट २ सय ४७ केजी अवैध लागूऔषध गाँजा सोमवार दिउँसो प्रहरीले बरामद गरेको हो ।

ठूलो परिमाणमा लागुऔषध गाँजा ट्रकमा हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ट्रक रोक्न खोज्दा चालक ट्रक छोडेर फरार भएपछि २३ वटा पोकाभित्र रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस