समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खोप हस्तान्तरण

vaccine handover

२८ असार, काठमाडौं । अमेरिकाले नेपाल सरकारलाई उपहार स्वरुप प्रदान गरिएको कोभिड – १९ विरुद्धको खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ ।

सोमवार अमेरिकि सरकारले नेपाल सरकारलाई उपहारस्वरुप प्रदान गरिएको १५ लाख ३४ हजार ८५० मात्रा जोन्सन एन्ड जोन्सन खोप प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बिच नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

उक्त खोप बुझ्दै प्रधानमन्त्री ओलीले नेपालीको जीवनरक्षाका लागि खोप प्रदान गरेकोमा अमेरिकी सरकार र अमेरिकी जनतालाई धन्यवाद व्यक्त गरे । त्यसअघि, स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर खोप बुझेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *