समाचार

खैरो हेरोइन सहित इटहरीबाट एकजना पक्राउ

arrest

२८ असार, सुनसरी । इटहरी उप-महानगरपालिका वडा नम्बर–४ बाट प्रहरीले खैरो हेरोइन सहित एकजनालाई पक्राउ गरेको छ ।

तेह्रथुम घर भएका ३४ वर्षीय दुर्गाबहादुर रसाईलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आइतबार साँझ पक्राउ परेका रसाईलीको साथबाट प्रहरीले ५३ दशमलव २ ग्राम खैरे हेरोइन, डिजिटल तराजु र ९८ हजार नगद बरामद गरेको छ ।

लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले रसाईलीलाई पक्राउ गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस