समाचार

जनकपुरमा दीप प्रज्वलन गरेर सर्वोच्चको फैसलाको स्वागत

dip prajwlan

२८ असार, धनुषा । सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरेको फैसलालाई जनकपुरमा विपक्षी पाँच गठबन्धले दीप प्रज्वलन गरी स्वागत गरेका छन् । सोमबार अदालतले संसद् पुनःस्थापना गरेको निर्णयलाई संयुक्त लोकतान्त्रिक गठबन्धनले स्वागत गरेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा (उपेन्द्र यादव समूह), नेकपा एमाले (माधव नेपाल समूह)ले जनकपुरको रेलवे स्टेसनबाट स्वागत र्‍याली सुरु गरेका थिए । र्‍याली जनकचोक पुगेर कोणसभामा परिणत भई दीप प्रज्जलन गरी स्वागत गरेका छन् ।

संयुक्त गठबन्धनका नेता एवम् कार्यकर्ताहरूले र्‍यालीमा ओलीलाई विरोध गर्दै नाराबाजी गरेका थिए भने फैसला गर्ने न्यायधीशहरूको समर्थनमा नाराबाजी गरेका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस