समाचार

नवलपरासीको मिलानो चप्पल फ्याक्ट्रीमा आगलागी

aaglagi

२८ असार, नवलपरासी । पश्चिम नवलपरासीको एक चप्पल फ्याक्ट्रीमा आगलागी भएको छ । सोमबार साँझ साढे ५ बजेको समयमा जिल्लाको रामग्राम नगरपालिका वडा नं. १० नदवाँ स्थित मिलानो ईन्टरनेशनल स्टेप एक्सन पोलिमर्स प्रा.लि चप्पल उद्योगमा आगलागी भएको हो ।

उद्योगमा वेल्डिङ्ग गर्ने क्रममा वेल्डिङ्गबाट निस्केको आगोका कारण आगलागी भएको हो । आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको हो । हाल आगो नियन्त्रणमा आइसकेको प्रहरी उपरिक्षक मनोज कुमार यादवले जानकारी दिए ।

आगो नियन्त्रण गर्न जिल्लाको रामग्राम नगरपालिका, बर्दघाट नगरपालिका र रुपन्देहीको सिद्धार्थ नगरपालिकाको गरी ३ वटा  दमकल प्रयोग गरिएको थियो । आगो नियन्त्रणमा लिनका लागि  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी समेत खटेका थिए ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन कार्य भइरहेको प्रहरी उपरीक्षक यादवले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *