२९ असार, काठमाडौं । गत सोमबार प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार २०० मा झरेको सुनको मूल्य मंगलबार पुनः ९२ हजार ४०० रुपैयाँमा उक्लिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो । यस दिन तेजाबी सुन समेत गत सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले नै बढेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने गत सोमबारको मूल्यमा प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार ३२० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस