२९ असार, काठमाडौं । लकडाउन खुकुलो भएपछि यातायात तथा बजार सबै खुला भएपनि काठमाडौं महानगरपालिकाले अझै दुई साता विद्यालय खोल्न नसकिने बताएको छ ।
महानगरको शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले लकडाउन खुकुलो भएपनि कोरोना संक्रमित बढ्न थालेकाले अहिल्यै विद्यालय खोल्न नसकिने बताए । उनले भने, “कोरोना संक्रमण बढ्न थालेको छ । फेरि डेल्टा भाइरस देखिन थाल्यो भन्ने सुनिन्छ । त्यसैले कम्तीमा दुई साता विद्यालय भौतिक रूपमा खोलिहाल्ने अवस्था छैन ।”
उनले गत वर्ष अनलाइन शिक्षा दिन अन्यौल भएपनि यसपालि महानगरका अधिकांश विद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेको बताए । तर घरमा स्मार्टफोन, ल्यापटप नभएका विपन्न वर्गका बालबालिका भने पढाइबाट बञ्चित भइरहेको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस