समाचार

इटालियन पेस्तोलसहित दुई जना पक्राउ

arrest

२९ असार, सिरहा । सिरहा गोलबजारबाट प्रहरीले इटालियन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका–१० पिपरा टोल बस्ने २६ वर्षीय रामकुमार यादव र  सोही ठाउँ बस्ने २२ वर्षीय रूपेस यादव रहेका छन् ।

गोलबजार नगरपालिका–९ स्थित आँपको बगैंचाबाट मेडइन इटाली लेखिएको १ थान अटोमेटिक पेस्तोल, त्यसको १ थान म्याग्जिन, २ राउण्ड गोली र २ थान मोबाइल सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *