मुख्य समाचार

ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइयो

oli niwash

२९ असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइएको छ ।

सर्वोच्च अदालतको परमादेशपछि स्वतः पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष रहेका ओलीको भक्तपुर बालकोटस्थित निवासमा सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको छ । ओली बुधबारमात्र सरकारी निवासबाट नीजि निवास बालकोट जाने भएको सुरक्षा स्रोतले बताएको छ ।

एमालेका नेता महेश बस्नेतका अनुसार पार्टीका अध्यक्ष ओलीलाई बुधबार बालुवाटारदेखि बालकोट निवाससम्म स्कर्टिङ गर्ने कार्यक्रम रहेको बताए । युवा संघको आयोजनामा भोलि ११ बजे दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोटको घरसम्म लैजाने कार्यक्रम रहेको बस्नेतले जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *