फिटनेस

मोटाएर हैरान हुनुभयो ? यी ५ फलफूल र तरकारीले तीब्र रुपमा घटाउँछ तौल

fruits

२९ असार, काठमाडौं । धेरै मानिस आफ्नो बढ्दो तौलका कारण तनावमा हुन्छन् र यसलाई कम गर्नका लागि विभिन्न तरिका अपनाउने गर्छन् । तर थोरैलाई मात्रै थाहा छ कि डाइटमा थोरै परिवर्तन गरेर निकै सजिलै तौल घटाउन सकिन्छ ।

केही फलफूल र सागसब्जीले प्रतिरोधी क्षमता बढाउनुका साथै तौल पनि नियन्त्रणमा राख्छ । यदि तपाईं आफ्नो तौल कम गर्ने कोसिसमा हुनुहुन्छ भने डाइटमा यी फलफूल र सागसब्जी समावेश गर्नुहोस् ।

खरबुजाः
गर्मीमा खरबुजा खान सबैलाई मनपर्छ । खरबुजामा ९२ प्रतिशतसम्म पानी हुन्छ जसले शरीरलाई हाइड्रेट राख्ने गर्छ । खरबुजामा फाइबर बढी र क्यालोरी कम हुन्छ । खरबुजा खाँदा धेरै बेरसम्म भोक लाग्दैन र यसले गुलियो खाने इच्छालाई पनि कम गर्छ । खरबुजामा भिटामिन सी, ए, म्याग्नेसियम, पोटासियम र लाइकोपिन हुन्छ । यी सबै तत्वले तौल कम गर्नुका साथै गम्भीर रोगबाट पनि जोगाउँछ ।

काँक्रोः
काँक्रोले पेटलाई चिसो बनाउनुका साथै गर्मीमा हाइड्रेट राख्न पनि मद्दत गर्छ । काँक्रोमा अत्यधिक फाइबर पाइन्छ जसका कारण तपाईंको पेट लामो समयसम्म भरिएको महसुस हुन्छ तसर्थ तपाईं अस्वस्थकर खानेकुरा खानबाट बच्नुहुन्छ । काँक्रो खाँदा तौल कम हुनुका साथै शरीरले आवश्यक पोषक तत्व पाउने गर्छ ।

आँपः
आँप खाँदा तौल बढ्छ भनेर धेरैलाई लाग्ने गर्छ । सन्तुलित मात्रामा खाने हो भने यसले तौल बढाउने होइन, नियन्त्रणमा राख्छ । आँपमा बायोएक्टिभ यौगिक र फाइटोकेमिकल्स हुन्छ जसमा बोसो कोसिकालाई दबाउने क्षमता हुन्छ । यदि तपाईं तौल घटाउने कोसिस गरिररहनुभएको छ भने कुनै चिन्ता नगरी आँप खान सक्नुहुन्छ । यसका साथै यसको म्याङ्गो शेक बनाएर पनि पिउन सक्नुहुन्छ ।

लौकाः
लौका शरीरका लागि निकै फाइदाजनक छ । यसमा अत्यधिक पानी हुन्छ र फाइबर पनि प्रचुर मात्रामा पाइन्छ जसले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ । लौकामा रत्तिभर पनि फ्याट हुँदैन । लौकाको तरकारी र जुसले शरीरलाई रोगबाट टाढा राख्नुका साथै मोटोपना घटाउन पनि निकै सहयोग गर्छ ।

पालुङ्गोः
पेटको बोसो काम गर्नमा पालुङ्गो निकै प्रभावकारी हुन्छ । यो फाइबर र पोषक तत्वले भरपुर हुन्छ । पालुङ्गोमा भिटामिन ए, सी, के, म्याग्नेसियम, आइरन र म्याग्नेसियम भरपुर मात्रामा पाइन्छ । बोसो कम गर्नका लागि आफ्नो ब्रेकफास्ट वा खानामा पालुङ्गो समावेश गर्नुहोस् । तरकारीबाहेक यसलाई सलादमा राखेर पनि खान सकिन्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस