मुख्य समाचार

तत्काल सरकारमा सहभागी नहुने ठाकुर पक्षको निर्णय

mahanta thakur

२९ असार, काठमाडौं । जनता समाजवादी पार्टी नेपाल महन्त ठाकुर पक्ष काँग्रेस नेतृत्वका सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले जसपा सरकारमा जान्छ तर तत्कालै जाँदैन, निर्वाचन आयोगमा पार्टीको मुद्दा विचाराधीन  रहेको अवस्थाका कारण तत्कालै सरकारमा नजाने बताए ।

‘काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारले कस्तो कार्यक्रमहरू तय गर्छ, त्यसलाई पनि जसपाले हेर्छ । आफूहरूका मुद्दालाई सरकारले कसरी सम्बोधन गर्ने लगायतका विषयमा छलफल गरेर मात्र सरकारमा जाने निर्णय हुनेछ,’ उनले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस