मुख्य समाचार

देउवाको शपथग्रहण कार्यक्रममा केपी ओली नजाने

kp oli

२९ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज हुने देउवाको शपथ ग्रहण कार्यक्रममा ओली नजाने भएका हुन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि उनी प्रधानमन्त्री नियुक्त भएका छन् । तर नियुक्ति सम्बन्धमा राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिको व्यहोरामा विवाद भएपछि कार्यक्रम ढिला भइरहेको छ ।

संविधानको धारा उल्लेख नगरिनुका साथै संसदीय दलका नेताको रूपमा नियुक्त गरिएको पत्र राष्ट्रपति कार्यालयले पठाएको प्रति देउवाले असन्तुष्टि जनाएका हुन् । पत्रको भाषा नसच्चिएसम्म सपथ नलिने अडान उनले लिइरहेका छन् । राष्ट्रपति कार्यालयमा पत्र सच्याउने विषयमा अझै छलफल भइरहेको छ । प्रधानमन्त्रीको सपथ लिसन शीतलनिवास पुगे पनि देउवा सपथस्थलमा गएका छैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *