
२९ असार, काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँडले नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।
शीतल निवासमा गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिएसँगै प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
‘सबैभन्दा पहिलो प्राथमिकता नेपाली जनताको जीवन रक्षा नै हो’, उनले मन्त्री बनेपछि पहिलो प्रतिक्रिया दिँदै भने । अहिलेको अवस्थामा जनताले जीवनको प्रत्याभूति, विपद्को अवस्थामा जनतालाई सुरक्षा दिने भन्ने लगायतका कुरामा आफूले ध्यान दिने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस