कर्पोरेट

डिशहोमको ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गत भिडियो सार्वजनिक (भिडियोसहित)

dish home

२९ असार, काठमाडौं । डिसहोमले आफ्नोे “खुसीको कनेक्सन” अभियानअन्तर्गतको पूर्ण भिडियो सार्वजनिक गरेको छ । डिसहोम र खुसीलाई एक अर्काको पर्याय बनाउँदै विकास गरिएको यस योजनामा भर्खरै विवाह भएर नयाँ घर प्रवेश गरेकी एक दुलहीको मनोदशा, नयाँ सम्बन्धको संकोच र नयाँ वातावरणको असहजताका देखाइएको छ ।

यी सबैकाबीच अवस्था सामान्य, सम्बन्धमा मिठास र वातावरण मनोरम बनाउन उक्त घरमा डिसहोमको भूमिका बारेमा चित्रण गरिएको छ । आफ्नो माइतीघरमा जस्तै कर्मघरमा पनि डिसहोमको छातादेखि नवदुलही केही हदसम्म प्रसन्न हुन्छिन् ।

नयाँ ठाउँमा उनका लागि त्यो क्षण तत्काल खुसीको कनेक्सनमा परिवर्तित हुन्छ । गायक अमित बरालको “म तिम्रै हुँ”,गीतमा लयबद्घ यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिसहोमसँगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ ।

नौ वटा स–साना भागहरूलाई एउटै भिडियोमा समायोजन गरिएको यस योजनामा डिसहोमका आश्चर्यजनक विशेषताहरूजस्तै क्युएचडी पिक्चर क्वालिटी, पीपीभी, पीभीआर, एक्स भीओडी, डिसहोम गो एप र वेभ जस्ता सामग्री र ग्राहक सेवासँग लिङ्क गरिएको छ ।

डिसहोमका लागी विज्ञापन एजेन्सी मार्सले यस अभियानको अवधारणा तयार गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस