समाचार

चैतसम्म सबै नागरिकलाई खोप सुनिश्चित गर्ने देउवा सरकारको पहिलो निर्णय

pm deuba

२९ असार, काठमाडौं । सरकारले आगामी चैतसम्म सबै  नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन भएसँगै आज राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको हो ।

बैठकले हाललाई ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । बैठकपछि कार्कीले असोजसम्ममा एक तिहाइ जनसंख्या र चैतमा सबै नागरिकलाई खोप लगाइसक्ने निर्णय गरेको बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *