
३० असार, सुर्खेत । अछाममा पहिरोले सुर्खेत जोड्ने सडक अवरूद्ध भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत कमलबजार नगरपालिका कीर्तिपुरमा पहिरो जाँदा सो सडक अवरुद्ध भएको प्रहरीले जनाएको हो ।
अछामबाट सुर्खेत जाने सडक मंगलबार दिउँसो तीन बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराले जानकारी दिए । उनले लगातार परेको पानीले पहिरो खस्दा सडक अवरुद्ध भएको बताए ।
अहिले पहिरो हटाउने काम भइरहेको समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस