विश्व/प्रवास

दक्षिण अफ्रिकामा पूर्व राष्ट्रपति समर्थकले मच्चाए लुटपाट, ७२ जनाको मृत्यु

africa

३० असार, काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेपछि उनका समर्थकहरुले देशभर अराजकता र हिंसा मच्चाएका छन् । यसक्रममा मर्नेको संख्या ७२ पुगेको छ । सोमबार राती सोवेटोस्थित सपिङ सेन्टरमा भएको भागदौडमा मात्रै १० जनाको मृत्यु भयो । डर्बनमा  भुइँ तलामा लुटपाट मच्चाएपछि आगो लगाइयो ।

त्यसपछि दोस्रो तलामा रहेकी आमाले बच्चालाई बचाउनका  लागि भवनबाट बाहिर फालिन् । यी बच्चालाई तल सडकमा बसेकाहरुले च्याप्प समातेर उद्धार गरे । केही समयपछि आमा पनि तल ओर्लन सफल भइन् र बच्चासँग भेट भयो । दक्षिण अफ्रिकामा गत सातादेखि अस्थिरता सुरु भएको हो । प्रहरीले यस क्रममा १२ सय ३२ जनालाई पक्राउ गरिसकेको छ ।

हुलदंगाका क्रममा आगो लगाएर हाईवे बन्द गरिएको छ भने क्वाजुलु नाटाल र गाउटेङ प्राप्तस्थित  व्यापारीकस्थल तथा गोदामहरुमा लुटपाट मच्चाइएको छ । यदी नै लुटपाट जारी रहने हो भने यी क्षेत्रमा खाद्यान्न संकट सुरु हुने सरकारले चेतावनी दिएको छ । जुमाका समर्थकहरुले उनको रिहाईको माग गर्दै यसरी अराजकता मच्चाएका हुन् । दक्षिण अफ्रिकामा आय दर र निकै घटेको छ भने बेरोजगारी उच्च छ, त्यहीकारण पनि हुलदंगामा ठूलो संख्यामा युवाहरु संलग्न भएको हुनसक्ने अनुमान गरिएको छ ।

भ्रस्टाचार अभियोगमा अदातलमा मुद्दा चलेपनि पूर्व राष्ट्रपति ज्याकुव जुमा बयान दिनका लागि उपस्थित भएका थिएनन् । जसकारण,  अदालतले गत महिना उनीविरुद्ध मानहानीको अभियोगमा १५ महिना जेल सजाय सुनायो । सुरुमा यो सजाय अस्विकार गरेका जुमाले गत साता आफैंलाई प्रहरीसमक्ष बुझाए । त्यसयता, लगातार दक्षिण अफ्रिकामा प्रदर्शन चलिरहेको छ । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस