मुख्य समाचार

शक्ति प्रदर्शन गर्दै बालुवाटारबाट ओलीको बिदाइ, (तस्बिरहरू)

kp oli return

३० असार, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् ।

सर्वोच्च अदालतको परमादेशसँगै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै ओलीले बालुवाटार खाली गराएका हुन् । ओली सरकारबाट बाहिरिएर निजी निवास जाँदा पनि एमालेले शक्ति प्रदर्शन गरेको छ ।

एमालेको युथ फोर्ससहितका ठुलो सङ्ख्यामा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका थिए भने कार्यकर्तासमेतको स्कर्टिङ गरेर बालकोट लगिएको थियो । सो क्रममा ओलीको पक्षमा चर्का नाराबाजी गरिएको थियो ।

ओलीले हिजो देशवासीको नाममा सम्बोधन गरेर सर्वोच्चको फैसलाप्रति चरम असन्तुष्टि व्यक्त गरेका थिए भने केही समय मात्रै बादल लागेको भन्दै छिट्टै सूर्य उदाउने अभिव्यक्ति दिएका थिए ।

kp oli return1

kp oli return2

kp oli return3

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *