कर्पोरेट

ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सबीच सम्झौता

jbbl aggrement

३० असार, काठमाडौं । ज्योति विकास बैंक र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (NATTA) बीच सहकार्यको लागि सम्झौता भएको छ । NATTA को वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री पारस राज कंडेल र नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका तर्फबाट NATTA का अध्यक्ष श्री अच्युत गुरागाईले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्झौता अनुसार बैंकले NATTA मा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ ।  साथै ज्योति विकास बैंकले NATTA अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ ।

व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् । यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तिय साक्षरता, उद्यमशीलता विकासका निमित्त नेपाल एशोसियेसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *