मुख्य समाचार

सेयर बजारमा सामान्य अंकको वृद्धि, ५ अर्ब बढीको कारोबार

stock market

३० असार, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १ अंकले बढेको छ ।

१ अंकले बढेपछि परिसूचक २८७२ अंकमा कायम भएको छ । यस दिन ५ अर्ब ६५ करोडको सेयर कारोबार भएको छ । यसअघि हिजो १६ अंकले बढेको बजारमा ५ अर्ब ५४ करोडको कारोबार भएको थियो ।

बैंकिङ ६, ब्यापार ११, विकास बैंक ११, निर्जीवन बीमा ८२, उत्पादन १५, अन्य १०, माइक्रोफाइनान्स १९ र जीवन बीमा ३२ अंकले घटेका छन् । होटल तथा पर्यटन ७, जलविद्युत ७४ र फाइनान्स समूह ३५ अंकले बढेका छन् ।

यस दिन हिमालय पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढेको छ । त्यस्तै नेपाल फाइनान्सको मूल्य ७.७, कालिका पावरको ७. १, एभरेष्ट इन्स्योरेन्स संस्थापक समूहको मूल्य ६.६ प्रतिशतले बढेको छ ।

यस दिन सूर्योदय लघुवित्तको मूल्य सबैभन्दा धेरै २ प्रतिशतले घटेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस