विश्व/प्रवास

भारतमा एक वर्षपछि भौतिक रुपमा मन्त्रिपरिषद बैठक

Narendra Modi

३० असार, काठमाडौं । भारतको मन्त्रीपरिषद्को बैठक एक वर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ ।

मन्त्रिपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसालेका हुन् । बैठकमा विषेश गरेर आगामी संसद अधिवेशनका बारेमा छलफल भएको स्रोतले जनाएको छ । भारतको संघीय संसदको बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ ।

प्रधानमन्त्री मोदीले बैठकमा कोरोनाभाइरसको महामारी न्युनीकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल चलाउनुभएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस