मुख्य समाचार

निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका रद्द

nirwachan aayog election

३० असार, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै आयोगले सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७८ को निर्वाचन कार्यतालिका रद्द गरेको जनाएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन आयोगले सम्मानित सर्वोच्च अदालतबाट मिति २०७८/३/२८ मा भएको आदेश बमोजिम मिति २०७८/७/२६ गते शुक्रबारका दिन पहिलो चरणमा र मिति २०७८/८/३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट मिति २०७८/३/२१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गर्ने निर्णय गरेको छ ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *