बैँक / वित्त

महालक्ष्मी विकास बैंकद्वारा बेलहिया विद्यालयलाई पौने २ लाख आर्थिक सहयोग

mahalaxmi bank donation

३० असार, काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले रुपन्देहीको बेलहिया माध्यमिक विद्यालयलाई पौने २ लाख आर्थिक सयोग गरेको छ । संस्थाको आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको कोषबाट भैरहवा शाखा अन्तर्गत उक्त विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।

उक्त रकम विद्यालयमा निर्माण गर्न लागिएको महिला मैत्री शौचालयका लागि आर्थिक सहयोग स्वरुप प्रदान गरिएको बैंकले जनाएको छ ।

बुधबार रोटरी क्लब अफ भैरहवाका संस्थापक अध्यक्ष तथा रोटरी डिस्ट्रिक ३२९२ रिजन २१ का एसिस्टेन्ट गभर्नर राजकुमार गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमका बीच शाखाका प्रबन्धक गौतम गुप्ताले रोटरी क्लब अफ भैरहवाका अध्यक्ष चक्रमणि आचार्यलाई एक लाख ७५ हजार रकमको चेक हस्तान्तरण गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस