समाचार

अदालतको फैसला प्रजातन्त्र विपरीत : नारायणमान बिजुक्छे

narayanman bijukche

३० असार, काठमाडौं । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको बताएका छन् ।

समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले ल्याटिन अमेरिकी छाया अदालतमा परेको आरोप लगाए । अध्यक्ष बिजुक्छेले भने, “सबै काम अदालतले गर्ने भए संसद्को के काम ?, सर्वोच्च अदालतको फैसला प्रजातन्त्रविपरीत, गैरसंवैधानिक तथा गलत छ, अदालतले सधैँ सही गर्छ भन्ने होइन ।”

उनले नेपालमा संसद्को सर्वोच्चता रहे पनि अहिले यसलाई समाप्त पार्ने खेल भएको उल्लेख गर्दै अदालतले फलानोलाई प्रधानमन्त्री बनाउनु भनेर भन्नै नमिल्ने तर्क राखे । अदालतले पार्टीको ह्विप लाग्दैन भन्नु प्रजातन्त्र र संविधान विपरित भएको भन्दै उनले शासक दलले न्यायाधीश नियुक्तिमा गरेको भागबन्डाको परिणाम अहिले देशले भोगेको उनले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस