समाचार

सरकारमा नजाने जनमोर्चाको निर्णय

durga paudel

३० असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाले देउवा सरकारमा सहभागी नहुने जनाएको छ । बुधबार बसेको जनमोर्चाको केन्द्रीय कमिटी बैठकले देउवा सरकारमा सहभागी नहुने निर्णय गरेको उपाध्यक्ष दुर्गा पौडेलले बताइन् ।

उनले भनिन्, ‘पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ तर बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ ।’ हाल प्रतिनिधिसभामा एक सिट मात्र रहेको जनमोर्चातर्फ सांसदको प्रतिनिधित्व दुर्गा पौडेलले गरेकी छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा उनी विपक्षी गठबन्धनमा सहभागी भएका थिए । र, उनकै विश्वासको मतले नेपाली कांग्रेसका सभापति देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्न सफल भएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस