समाचार

माधव नेपाललाई अब पार्टीमा ठाउँ छैन : ओली

kp oli

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अब एमालेमा कुनै ठाउँ नभएको बताएका छन् ।

बुधबार सरकारी निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुगेका ओलीले आफ्ना समर्थकलाई सम्बोधन गर्दै नेता नेपाललाई पार्टीमा अब कुनै ठाउँ नरहेको बताएका हुन् ।

“माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन, उहाँका हकमा गल्ती कमजोरी स्वीकार गर्ने र आत्मालोचना गर्ने पनि ठाउँ छैन । नेपालका पछाडि लाग्ने अरू व्यक्तिले कमीकमजोरी महसुस गरेर पार्टीको काम गर्न चाहेमा भने पार्टीले ठाउँ दिन्छ ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस