समाचार

मोटरसाइकल दुर्घटनामा एक जनप्रतिनिधिको मृत्यु

bike accident

३१ असार, इलाम । मोटरसाइकल दुर्घटनामा परी इलामको माङसेबुङ गाउँपालिका-४ का वडा सदस्य धनबहादुर राईको मृत्यु भएको छ ।

बुधबार दिउँसो ४ बजे मे८प ६०४ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका माङसेबुङ गाउँपालिका-४ का वडा सदस्य ३६ वर्षीय राईको झापाको बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

मोटरसाइकलबाट घरतर्फ आउँदै गरेका राई दमक-रवि सडक खण्ड अन्तर्गत रतुवा पुलनजिक अनियन्त्रित भई सेतेभीरबाट अन्दाजी एक सय मिटर तल झर्दा टाउकोमा चोट लागेको थियो ।

उनलाई उपचारका लागि बिएण्डसी अस्पतालमा लगिएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *