समाचार

पाल्पा र कपिलवस्तुमा पहिरोको कारण सडक अवरुद्ध

pahiro balde

३१ असार, काठमाडौं । पाल्पा र कपिलवस्तुमा पहिरोको कारण सडक अवरुद्ध भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका–३, सीतापहाड्नजिकै सिद्धार्थ राजमार्गमा गए राति ढुंगासहितको सुक्खा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीचौकी राम्दीबाट खटिएको प्रहरीले सडक डिभिजन कार्यालयसँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ ।

कपिलवस्तुको शिवराज नगरपलिका–१, पैराखोलास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान लेदोसहितको पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले सडक डिभिजन कार्यालय चन्द्रौटासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *