समाचार

मोरङ र तनहुँमा दुईजना मृत अवस्थामा फेला

death youth

३१ असार, काठमाडौं । मोरङ र तनहुँमा दुईजना मृत अवस्थामा फेला परेका छन् ।

मोरङको रतुवामाई नगरपालिका–७, कजला खोलाको बाँसको पुलमुनि संखुवासभाका ३४ वर्षीय पिम्बा दोर्जे भोटे मृत अवस्थामा फेला परेका छन् । उनी सो क्षेत्रमा जडीबुटी औषधि बेच्दै हिँड्ने गरेको बुझिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९, सिम्लेस्थित खेतमा सोही शुक्लागण्डकी–१० बस्ने ३९ वर्षीय बाबुराम नेपाली मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस