सेयर मार्केट

बिहीबारको सेयर बजारः कमाउनेमा जलविद्युतका लगानीकर्ता अगाडी

share market nepal

३१ असार, काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ११.३ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २८८३ अंकमा पुगेको छ ।

यस दिन कारोबार रकम भने बढेको छ । हिजो ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ८ अर्ब १४ करोडको कारोबार भएको छ ।

यस दिन बैंकिङ ६, ब्यापार २८, जलविद्युत ५६, फाइनान्स ४७, निर्जीवन बीमा ३६ र माइक्रोफाइनान्स समूह ४५ अंकले बढेका छन् । होटल तथा पर्यटन ५०, विकास बैंक १३, उत्पादन ५, अन्य ७ र जीवन बीमा समूह ४३ अंकले घटेका छन् ।

यस दिन ङादी ग्रुपको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ । रैराङ हाइड्रोको मूल्य ८.९ प्रतिशत, गणपती माइक्रोफाइनान्स र मञ्जुश्री फाइनान्सको मूल्य ७.८ तथा लिवर्टी इनर्जीको मूल्य ७ प्रतिशतले बढेका छन् ।

गोर्खा फाइनान्सको ५.९, युनाइटेड मोदीको ५.५, नेपाल हाइड्रो डेभलपर्सको ५.३ प्रतिशतले बढेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस