विश्व/प्रवास

भारतमा थप ४१ हजार ८०६ नयाँ सङ्क्रमित

india corona

३१ असार, काठमाडौं । भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३८ हजार ७९२ जना नयाँ सङ्क्रमित थपिएका थिए ।

त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ३९ हजार १३० जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ३२ हजार ४१ रहेको अधिकारीले जनाएका छन् ।

पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५८१ जनाको मृत्यु भएको पनि मन्त्रालयले  बिहीबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड नौ लाख ८७ हजार ८८० पुगेको छ भने तीमध्ये तीन करोड एक लाख ४३ हजार ८५० जना सङ्क्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख ११ हजार ९८९ पुगेको मन्त्रालयले जनाएको छ । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४३ करोड ८० लाख ११ हजार ९५८ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ४३ हजार ४८८ जनाको स्वाब परीक्षण जुलाई १३ का दिन भएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म ३९ करोड १३ लाख ४० हजार ४९१ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । ती मध्ये ३४ लाख ९७ हजार ५८ जनालाई पछिल्लो २४ घण्टामा खोप लगाइएको छ ।–एएनआई

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस